शुक्रबार, ०१ फागुन २०८२

बंगलादेशमा बीएनपीलाई बहुमत,बेगम खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने


काठमाडौं । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

बंगलादेशका कुल ३०० मध्ये २९९ सिटमा विहीबार निर्वाचन भएको थियो । शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको मतदान स्थगित गरिएको थियो ।

२९९ सिटमध्ये २०६ सिटको नतिजा आउँदा बीएनपीले १६५ सिट जितेको भारतीय मिडिया आजतकले जनाएको छ ।

बीएनपी अध्यक्ष तारिक रहमानले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवैमा विजयी भएका छन् । रहमान गत वर्ष डिसेम्बरमा १७ वर्षपछि स्वदेश फर्किएका थिए ।

जमात–ए–इस्लामीको नेतृत्वमा बनेको ११ दलीय गठबन्धनले हालसम्म ४५ सिट मात्र जितेको छ । जमात प्रमुख शफीकुर रहमानले ढाका–१५ निर्वाचन क्षेत्रबाट जित हासिल गरेका छन् ।

अन्य दल र स्वतन्त्र उम्मेदवारले ३ सिट जितेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ