- असार ०६, २०८०
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिटलरको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोश पाेखेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आइतबार कवाडीमाथि महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको बताए।
‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले हिट्लरको शैलीमा हिजो २७ गते ११ बजे कवाडीमाथि डोजर चलाइयाे र त्यहाँ गरिब मजदुरहरूलाई घाइते बनाइयाे’, उनले भने, ‘ त्याे मजदुरमा मुस्लिम पनि छ, दलित पनि छ, मधेसी पनि छ। सबै गरिब तप्काकाे छ।’
उनले गरिब जनतामाथि डोजर चलाएका भन्दै हिम्मत भए संसद, सिंहदरबार र शीतलनिवास भत्काउन बालेनलाई चुनौती दिए।
‘म बालेन साहलाई च्यालेञ्ज गर्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ । हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ । हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत छ भने बालुवाटार र शीतलनिवासकाे राष्ट्रपति भवन भत्काएर देखाऊ’यो नाजीवाद शैली काठमाडौं मेयरको चल्दैन।’
टिप्पणीहरू: