- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।
१५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मनोनयनमा शर्माले पुष्पराज पौड्याललाई वारेस दिएर मनोनयन फाराम दर्ताका लागि निर्वाचन समितिमा पठाएका छन् ।
उनको प्रस्तावकमा झापाका उद्धव थापा र सुनसरीका केदार भण्डारी साथै समर्थकमा झापाकै सुधीर सिवाकोटी र देउकुमार थेवे रहेका छन् ।
कांग्रेसले विधान संशोधन गरेर यसैपटकबाट वरिष्ठ उपसभापति पद थपेको छ ।
नेविसंघबाट राजनीति यात्रा सुरू गरेका शर्मा सन् २००० देखि २००२ सम्म नेविसंघको केन्द्रीय अध्यक्ष बनेका थिए ।
टिप्पणीहरू: