- असार ०६, २०८०
काठमाडौँ। नेपाली कांग्रेसको महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।
आइतबारदेखि भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा बुधबार महामन्त्री पदका लागि शर्मा र पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।
महामन्त्रीका लागि हालसम्म दुई जनाको मात्रै उम्मेदवारी परेकाे कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। सभापतिमा भने गगन थापाको एकल उम्मेदवारी परेको छ।
उम्मेदवार मनोनयनको काम सकिएलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने निर्वाचन समितिले जनाएको छ।
पार्टीको पुरानै विधानअनुसार हुनलागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ।
टिप्पणीहरू: