- असार ०६, २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्कीसहित तीन राजनीतिक दलका शीर्ष नेतृत्वको छलफल सम्पन्न भएको छ ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटघाटका सन्दर्भलाई लिएर विभिन्न टिका टिप्पणी सुरु भएको छ । धेरैले यो भेटघाटले निर्वाचनको सम्भावना बढेको संकेत गरेका छन् । जेनजी आन्दोलनबाट विस्थापित तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पहिलो भेट भएको हो ।
भेटको तस्विर सामाजिक सञ्जाल फेशबुकमा शेयर गर्दै राप्रपा नेता कमल थापालो लेखेका छन् ‘युवा विद्रोहबाट मुखरित भएको भ्रष्टाचार र कुशासनको अन्त्य,परिवर्तनको चाहना र उज्यालो भविष्यको सपनालाई बडो ’जुक्ति लगाएर’ अपहरण गर्ने, तुहाउने तथा भ्रष्ट व्यवस्था र भ्रष्ट शासकलाई निरन्तरता दिने प्रपञ्चको तस्बिर हो यो ।’
युवा तथा आम जनताले यो षड्यन्त्र सफल हुन दिने छैनन् भनेर टिप्पणी गरेका छन् । थापाको उक्त भनाईप्रति प्रतिक्रिया जनाउदै एमाले नेता विष्णु रिमालले थापालाई सम्झाउदै लेखका छन् ‘समयको चक्र यहाँले सोचे जस्तरी घुमिरहेको छ जस्तो लाग्दैन, त्यसैले सामाजिक सञ्जालमा पोखिँदा अलि सोचेर गमेर पोखिए हुने नि ।’
थापा तिनै व्यक्ति हुन् जसले अघिल्लो निर्वाचनमा सूर्य चिन्ह लिएका थिए र पराजित भएका थिए ।
टिप्पणीहरू: