- असार ०६, २०८०
काठमाडौं । एमाले नेतृ विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष उनले आज शपथ लिएकी हुन्। उनी पूर्वराष्ट्रपतिसमेत हुन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बसेकाे स्थायी कमिटी बैठकमा उनले शपथ लिएको एमालेले जनाएको छ। पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो ।
वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक बैठकमा सहभागी भएकी हुन् । राष्ट्रपति बन्नुअघि उनी एमालेको उपाध्यक्ष थिइन् ।
टिप्पणीहरू: