सोमबार, ०८ पुस २०८१

भारतीय प्रधानमन्त्री नेपाल भ्रमणका लागि सकारात्मक हुनुहुन्छ : परराष्ट्रमन्त्री


काठमाडौँ, १८ भदौ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिएको बताएकी छिन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबार सिंहदरबारमा भएको बैठकमा भारत भ्रमणका सम्बन्धमा समितिलाई जानकारी दिँदै परराष्ट्रमन्त्री राणाले भारतको औपचारिक भ्रमणका अवसरमा भारतीय प्रधानमन्त्री मोदीसँग पनि शिष्टाचार भेटवार्ता भएको जानकारी दिएन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यक्त गर्नुभएको न्यायो अभिवादन तथा शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि दिनुभएको निमन्त्रणा पत्र औपचारिक रूपमा उहाँलाई हस्तान्तरण गरेँको मन्त्री राणाले जानकारी गराइन् ‘भारतीय प्रधानमन्त्रीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिनुभएको छ ।’ उनले भनिन् ।

 हालै सम्पन्न भारत भ्रमणले दुई देशबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै सहयोग र सहकार्य प्रवद्र्धन गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको उनको भनाई थियो । बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै परराष्ट्रमन्त्री राणाले भदौ ३ गते भारतका प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेटघाट गरेको जानकारी गराइन् । उक्त भेटमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने तथा आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा कुराकानी भएको उनले बताइन् 

     


     


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ