बिहिबार, ०४ वैशाख २०८२

बाबुराम भट्टराइलाई ‘स्टालिनवादको रन्को त्याग्न प्रकाशचन्द्र लोहनीकाे आग्रह


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई ‘स्टालिनवादको रन्को थाम्ने र फासिस्ट कित्तामा पुग्ने’ रवैया त्याग्न सुझाएका छन् । नेपाल देश भट्टराइको विर्ता नभएको समेत लोहनीले टीप्पणी गरेका छन् ।

‘के यो देश तपाईको विर्ता हो ? अथवा तपाईमा अझ पनि स्टालिनवादको रन्को बाँकी छ ? अरु सबै वेठिक र म मात्रै जान्ने र सत्यको अन्तिम हकदार भन्ने चिन्तन बिस्तारै फासिस्ट कित्तामा पुग्छ, यस्तो यात्रामा नलाग्नुस्,’ वरिष्ठ राजनीतिज्ञ डा. लोहनीले सामाजिक सञ्जालमा भनेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियो वक्तव्यमा राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको उन्नति र समृद्धीका लागि सहयोग गर्न देशवासीलाई आह्वान गरेपछि पूर्वप्रधानमन्त्री भट्टराइले पूर्वराजाले सीमा नाघेको र कारवाही गर्नु पर्ने मत सार्वजनिक गरेका थिए ।

भट्टराइको सो भनाइप्रति कटाक्ष गर्दै डा. लोहनीले प्रतित्यत्तर दिएका हुन् । ‘मित्र बाबुराम भट्टराइजी, राजा ज्ञानेन्द्रले अब म अगाडि बढ्छु भन्दा तपाईलाई धेरै रिस उठेछ । तपाईँ धेरै नरिसाउनुस् मित्रको ब्लड प्रेसर बढ्ला भन्ने चिन्ता छ,’ लोहनीले भने ।

‘तपाईले राजनीति गर्न हुने र राजा ज्ञानेन्द्रले देशको दुर्दशा अब हेरेर बस्न सकिदैन, म अगाडि आउँछु सहयोग गर्नुस् भन्न नपाइने ?’ उनले भने ।

राप्रपाका पूर्वअध्यक्ष लोहनीले भट्टराइलाई नयाँ पार्टीका लागि शुभकामना समेत दिएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ