बुधबार, ०५ कात्तिक २०८२

बालेनकाे आक्राेश : चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ?


काठमाडाैं ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेनले  पार्टीका शीरष नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन्।  सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजी आन्दोलनमा आफूमाथि सिंहदरबार जलाएकाे आरोप लागेपछि उनले त्यसमाथि आक्रोश पोखेका हुन्। 

उनले तुइन र काठको पुल बनाउने नेताहरूले देश विदेशीले बिगारेको भनेको भन्दै व्यंग्य पनि गरेका छन्।  उनले भिसा पाउन नेताहरूकोमा धाउनुपर्ने भन्दै भनेका छन्, 'तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्- यो देश विदेशीले बिगार्‍यो। भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ। अरुलाई एजेन्ट भन्छौ?'

'आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउँछ। काङ्रेसले एमालेको जलाउँछ। दोष आफ्नो बाल बच्चालाई दिन्छौ?,' उनले भनेका छन्, 'चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ? लाज लाग्दैन?'

कांग्रेस, एमालेका केही नेताहरूले बालेनले नै जेनजी आन्दोलनलाई पर्दापछाडि बसेर उचालेको आरोप सार्वजनिक मन्चहरूमा लगाउँदै आएका छन्। यसैलाई लिएर आज उनले त्यसको जवाफ दिएका हुन्। 

यस्ताे छ बालेनकाे स्टाटस

तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,
Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ , 
अरुलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ , 
काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ