आइतबार, २४ फागुन २०८२

पचासहजार मतान्तरले बालेन्द्र शाह निर्वाचित


काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा ५ मा ५० हजार मतान्तरसहित बालेन्द्र शाह निर्वाचित भएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली  राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाहसँग ओली पराजित भएका हुन् । बालेन्द्र ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन् ।

श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मंधरा चिमरिया चौथो स्थानमा रहिन् ।  समिरले ९ हजार २३३ मत प्राप्त गर्दा मंधराले १ हजार ८२१ मत गरिन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ