शुक्रबार, ३० जेठ २०८२

अख्तियारकाे त्रासपछि दवावमा बालेन, उपमेयर र वडाअध्यक्षसँग छलफल


काठमाडौं । संघ सरकारले अख्तियार मार्फत काठमाडा‌ैं महानगरपालिकाका मेयर बालेन शाहकाे सचिवालयमा आक्रमण गर्न थालेपछि बालेन शाह दवावमा परेका छन् ।

उपमेयर सुनिता डंगोल र वडाअध्यक्षसँग सम्पर्कविहिन जस्ता भएका बालेनले  उपमेयर सुनिता डंगोलका साथै तीनजना कार्यपालिका सदस्यसँग  वार्ता गरेका छन् । बुधबार मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म संयुक्त र ४ बजेपछि मेयर साह र उपमेयर डंगोलबीच छुट्टा छुट्टै भेटवार्ता भएको छ ।

मेयर साह र उपमेयर डंगोलसहित कामपाका प्रवक्ता एवं नेपाली कांग्रेसको तर्फबाट महानगरमा प्रतिनिधित्व गर्ने वडाअध्यक्ष नवीन मानन्धर, एमालेको तर्फबाट ३२ वडाका वडाअध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीको तर्फबाट ईश्वरमान सिं डंगोलबीच छलफल भएको थियो ।

असार १५ भित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाका कारण मेयर आफैंले वार्तामा बोलाएकाे महानगरस्राेतकाे भनाई छ ।

नीति तथा कार्यक्रम तयार भएपछि नगर परिषद्को बैठक बस्नेछ । त्यसपछि बल्ल कार्यपालिकाको बैठक बसेर बजेट पारित गर्नुपर्ने हुन्छ ।  पुस १४ गतेयता कार्यपालिका बैठक समेत बस्न सकेको छैन । 

बैठकमा कार्यपालिकाको बैठक डाक्ने विषयमा  कुराकानी भएको र आपसी सहमतिमा कार्यपालिका बैठक राखेर बजेट पारित गर्ने र कार्यपालिकाको बैठक नियमित बोलाउने विषयमा छलफल भएको बताइएको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ