शनिबार, ३१ जेठ २०८२

बालेन- सुनिता संवाद : कार्यपालिका बैठक राख्ने विषयमा छलफल


फाइल तस्विर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलबीच विहीबार भेटघाट भएको छ।

करिब पाँच महिनापछि भेटघाट गरेका मेयर उपमेयरले  कार्यपालिका बैठक राख्ने विषयमा कुराकानी गरेकाे महानगर स्राेतकाे भनाई छ ।

बैठकमा मेयर र उपमेयरका साथमा केही वडाध्यक्षहरू पनि सहभागी थिए।

पुस ११ पछि महानगरको कार्यपालिकाको बैठक बस्न सकेको छैन । असार १५ भित्र बजेट ल्याइसक्न पर्ने भए पनि अहिलेसम्म छलफलै भएकाे छैन ।

प्रमुख प्रशासकिय अधिकृत सराेज गुरागाइलाई संघ सरकारकै पहलमा महानगरमै हाजिर गराएपछि रुष्ट भएका बालेनले महानगरका जनप्रतिनिधिसँग दुरी बनाएर बसेका छन् । संघ सरकारले अख्तियारकाे त्रुप लगाएर बालेनलाई तह लगाउने निति  लिएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ