- असार ०६, २०८०
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनमा १८३ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनबारे छलफल सुरू गरेको छ।
आगामी चैत १३ गते बालेन्द्र शाह 'बालेन' प्रधानमन्त्रीमा नियुक्त हुने छन् । साेही अनुरुप रास्वपा शीर्ष नेतृत्व छलफलमा जुटेका छन् ।
चुनावअघि पार्टीले जारी गरेको वाचा पत्रअनुसार मन्त्रालय संख्या समेत घटाउने गृहकार्यमा रास्वपा जुटेको छ।
नेपालकाे संविधान २०७२ अनुसार संघीय सरकारमा २५ जनासम्म मन्त्री बनाउन पाउने व्यवस्था छ । तर, रास्वपाले प्रारम्भमै मन्त्रीकाे संख्या घटाउने याेजना बनाएकाे छ । 'हामीले गरेकाे बाचापत्र अनुरुप हामी बढीमा १८ जनाकाे मन्त्रीमण्डल बनाउने गरी छलफलमा जुटेका छाैं ।' रास्वपाका एक नेताले जानकारी दिए ।
कसलाई मन्त्री बनाउने भन्ने विषयमा बिहीबारदेखि छलफल सुरु भएकाे छ । शुक्रबार पार्टी सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले र वरिष्ट नेता बालेन शाहबीच छलफल सुरु भएकाे छ ।
टिप्पणीहरू: