- असार ०६, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह आफ्नो चुनावी क्षेत्र झापा ५ मा पुगेर स्थानीयसँग संवाद सुरु गरका छन् ।
मंगलबार झापाकाे कमलगाउँपालिकाका सुकुमबासी वस्ती पुगेका बालेनले उनीहरुकाे गुनासाे सुन्दै सुकुम्बासीले लालपुर्जा पाउनु पर्ने कुरा गरे ।
काठमाडाैंका सुकुम्बासी बस्तीमा डाेजर चलाएकाे प्रसंगमा उनले सुकुम्बासीहरुकै सुरक्षाका लागि डाेजर चलाएकाे दावी गरे र
'काठमाडौंको खोलाछेउको सार्वजनिक जग्गा हो । त्यो खोलाकै जग्गा हो । बाढी आउँदा बस्तीभन्दा माथिसम्म आउँछ र उहाँहरुकाे ज्यान खतरामा पर्छ । तर, डोजरको गलत न्यारेटिभ बनाइयो ।’
पार्टी निकटकाहरूले मात्रै दोहोर्याई-तेहर्याई लालपुर्जा पाएकाे भन्दै झापाका सुकुम्बासीकाे फरक समस्या रहेकाे भन्दै लालपुर्जा पाउनु पर्ने कुरा गरे ।
‘खोलाछेउ बाहेकका सुकुमबासीको हकमा भूमि आयोगबाट लगत संकलन गरेर स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले (लालपुर्जा) दिनुपर्छ । यहाँको रियल हो नि त । ४०/५० वर्षदेखिको (समस्या) हो । भूमि आयोगमा राजनीतिक पार्टीको मान्छे टीका लगाएर जाने प्रवृत्ति छ । पार्टीसँग नजिक भएकाहरूले एउटा लालपुर्जा भए पनि अर्को पाउने भयो । जिन्दगीमा लालपुर्जा नभएकाले कहिले लालपुर्जा नपाउने भए । त्यो सिस्टम सुधार्नुपर्यो भन्ने हो,’ उनले भने ।
शिक्षा-स्वास्थ्य नि:शूल्क गर्ने सवालमा बजेट कम भएकाे भन्दै काठमाडाैंकाे सिष्टम लागु गर्ने बताए र
‘काठमाडौंमा पैसा नहुने विपन्नले प्राइभेट स्कुलमा पनि १० प्रतिशत सीट पाउँछन् । देशभरि त्यही प्रणाली लागु गर्नु पर्ने उनकाे भनाई थियाे । त्यसाे गर्दा पैसा नहुनेले पनि शिक्षा र स्वास्थ्यको अवसर पाउने उनले बताए ।
टिप्पणीहरू: