- असार ०६, २०८०
काठमाडाैँ। बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएका छन्।
मन्त्री खड्काले मंगलबार बिहान मुख्यमन्त्री बहादुर सिंह लामासमक्ष राजीनामा बुझाएका हुन्।
कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता तथा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला मन्त्री खड्काले पदबाट राजीनामा दिएका हुन्।
यसअघि गत शुक्रबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका थिए। सोही दिन मुख्यमन्त्री लामाले चारै मन्त्रीलाई पदमुक्त गरेका थिए।
टिप्पणीहरू: