बुधबार, २७ जेठ २०८३

इरानले ‘स्ट्रेट अफ हर्मुज’ मा आवागमनमा रोक लगाएको घोषणापछि इन्धन बोकेका जहाजमाथि आक्रमण


इरानले शनिबार ‘स्ट्रेट अफ हर्मुज’ पार गर्ने क्रममा इन्धन बोकेका व्यावसायिक जहाजहरूमा आक्रमण हुनुकाे साथै थप आक्रमणको चेतावनीको सामना गर्नुपरेको सुरक्षा अनुगमनकर्ताहरूले बताएका छन्।
 
इरानले मध्यपूर्व युद्धमा युद्धविरामको क्रममा जलमार्गलाई व्यापारिक यातायातका लागि पुनः खोल्ने आफ्नो प्रतिज्ञालाई शुक्रबार उल्ट्याउँदै अनुमतिविना यहाँबाट कुनै पनि आवागमनमा रोक लगाइएको घोषणा गरेको थियो । उक्त मार्ग मध्यपूर्वका लागि र त्यहाँबाट अन्य देश जाने सामानको ढुवानीको लागि एक महत्त्वपूर्ण मार्ग हो।
 
बेलायतको एक समुद्री सुरक्षा एजेन्सीले भनेको छ, “इरानको रिभोलुसनरी गाड्र्स (आईआरजीसी) ले एक ट्यांकरमा गोली चलाएको छ।” सामुद्रिक सुरक्षा निगरानी का लागि प्रयोग हुने सु‌ंथा ‘भ्यानगार्ड टेक’ले शुक्रबार तेहरानले केही समयको राहत घोषणा गरेपछि खाडीबाट भागिरहेका खाली यात्रुबाहक जहाजलाई ‘आक्रमण गर्ने’ चेतावनी दिएको छ।
 
यद्यपि, केही तेल र ग्याँस ट्याङ्करहरूले शनिबार बिहानै स्ट्रेट पार गरेका निगरानी समूहका तथ्याङ्कले देखाएको छ । 

‘यूके मेरिटाइम ट्रेड अपरेसन सेन्टर (यूकेएमटीओ)’ ले एक अनलाइन विज्ञप्तिमा भनेको छ, “ओमानको उत्तरपूर्वी जलमार्गमा ट्याङ्करमा ‘गनबोट’ हरूले गोली चलाएका छन् तर जहाज र चालक दल सुरक्षित रहेका छन्।” 
 
भ्यानगार्डले ट्याङ्करलाई भारतको ध्वजावाहक ट्यांकर सनमार हेराल्डको रूपमा पहिचान गरेको छ।
 
यसले क्याप्टेनलाई उद्धृत गर्दै भन्यो, “आईआरजीसीका दुई गस्ती डुङ्गाहरू रेडियो सम्पर्क बिना नै नजिक आए र त्यसपछि ‘गोली चलेको’ थियो, आक्रमणबाट जहाजको झ्यालहरूमा क्षति पुगेको थियो।”

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ