- असार ०६, २०८०
काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीले सरकारले ल्याएकाे अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
पार्टीकाे केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको हाे।
अध्यादेशहरू देश र जनतालाई असर पार्ने खालकाे भएकाले विपक्षमा मतदान गर्ने निर्णय गरिएकाे प्रचार विभाग प्रमुख एवं उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।
‘संसदीय समितिमा विचाराधीन रहेकाे, छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ, अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन्। दुरगामी रुपमा राष्ट्र र जनतालाई असर पार्ने खालका छन्’, उनले भने, ‘अध्यादेशमा हाम्रो पार्टीको असहमति र विरोध छ। त्यसैले हाम्रो पार्टीले संसदमा हुने मतदानमा अध्यादेशहरूको विपक्षमा गर्छ।’
टिप्पणीहरू: