शुक्रबार, २९ चैत २०८१

अध्यादेश टुङ्गयाउन बालुवाटारमा सत्ताधारी दलकाे बैठक बस्दै


काठमाडौं । अध्यादेशलगायतकाे विषयमा छलफल गर्न   सत्ता पक्षीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकमा अध्यादेशलगायतकाे विषयमा छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे  छ । आजकाे  सता पक्षीय दलकाे बैठकबाट अध्यादेशका बारेमा निष्कर्षमा  पुग्ने बताइएकाे छ  ।

यसअघि शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेकाे थियाे ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरु बैठकमा सहभागी  भएका थिए ।

बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल गरिएकाे थियाे ।

सत्तामा रहेकै दलले अध्यादेशमा समर्थन नगर्ने अभिव्यक्ति दिएपछि अध्यादेश सत्ताधारी दलका लागि पेचिलाे विषय बनेकाे अध्यादेश पास गर्नका लागि एकिकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल माओवादी स‌ंग पनि छलफल गर्ने सत्ताधारी दलकाे याेजना रहेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ