बिहिबार, ०८ माघ २०८२

आशिका तामाङ धादिङ १ मा रास्वपा उम्मेदवार


काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाएकाे छ।

सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्।

रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्न लागेकी हुन्।

यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्। 

समाजसेवामा सकृय आशिका नायिका पनि हुन् । जेनजी आन्दाेलनपछि घाइतेहरुका लागि निशुल्का खाना खुवाउदै आएकी थिइन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ