- असार ०६, २०८०
काठमाडाैं । अन्तराष्ट्रिय सञ्चार संस्था एपीले भावी प्रधानमन्त्री दावी गरेका तीन जनाकाे तस्विर राखेकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष बालेन शाहकाे तस्विर राखेकाे छ ।
यी तस्विर एकै समयमा खिचिएकाे भने हाेइन । विभिन्न समयमा खिचिएका तस्विर जाेडेर राखिएकाे क्याप्सनमा उल्लेख छ ।
ओली र थापाकाे फेब्रुअरी १९, २०२६ मा काठमाडौँमा खिचिएको र राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँका पूर्व मेयर बालेन्द्र शाहलाई फेब्रुअरी २३, २०२६ मा नेपालको झापामा खिचिएको उल्लेख गरिएकाे छ ।
आगामी २१ फागुनमा हुने निर्वाचनमा तीनै जना भावी प्रधानन्त्रीकाे दावी गर्दै चुनावी मैदानमा उत्रिएका छन् । ओली भदाै २३ र २४ मा भएकाे जेनजी आन्दाेलनबाट विस्थापित हुन् भने थापा विशेष महाधिवेशन मार्फत कांग्रेसकाे सभापति बन्न सफल भएका थिए । काठमाडाैं महानगरपालिकाका पूर्वमेयर शाह जेनजीकाे प्रतिनिधि मानिन्छन् ।
टिप्पणीहरू: