- असार ०६, २०८०
जनकपुरधाम । नेकपा एमाले धनुषाको ८ औँ अधिवेशनमा दुई समूहबीच कुटाकुट भएपछि अधिवेशनस्थल जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।
प्राय तीन दिनको सेड्युल भए पनि केन्द्रबाटै नेता तोक्ने परिपार्टीले एमालेको जिल्ला अधिवेशन कम्तिमा एक साता लम्बिने गरेको छ । जनकपुरमा कार्यकर्ता एककदम अघि बढेर हानाहानमै उत्रिएका छन् ।
विधान विपरीत उम्मेदवारी परेको विषयमा विवाद भएपछि दुई समूहबीच भिडन्त भएको थियो । भिडन्तमा दुबै समुह शसक्त भएर प्रस्तुत भएपछि स्थिती तनावग्रष्त बनेको छ ।
कार्यकर्ता एक आपसमा भिडन थालेपछि अहिले अहिले निधि भवनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । मधेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सञ्जीव झा ‘सुरज’ समूहले विधान विपरीत परेको उम्मेदवारी खारेज गर्नुपर्ने माग राख्दै निर्वाचन समितिमा उजुरी दिएको छ । तर एमाले सचिव रघुवीर समूहले खारेज गर्न मानेका छैनन् ।
बिहान ८ बजेदेखि १० बजेसम्मका लागि मतदानको समय निर्वाचन समितिले तोकेको थियो । तयारी नपुगेको भन्दै बिहान १० बजेबाट मतदान सुरु हुने भनियो । तर उम्मेदवारमा विवाद भएर कुटाकुट भएपछि अब मतदान प्रक्रिया अनिश्चित बनेको छ ।
टिप्पणीहरू: