- असार ०६, २०८०
विराटनगर । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा उनले १० महिनाअघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको बताएका हुन् ।
गृहमन्त्री लेखकले भने, ‘१० महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नुहुन्छ । मुलुकको अर्थतन्त्र लयमा आएको छ । विदेशी मुद्राको संचिति बढेको छ दोश्रो कुरा आर्थिक सुचकांक सकारात्मक बनेका छन । यो राष्ट्र बैंकको तथ्यांक हो मैले भनेको होइन । अर्को कुरा कानुन १० महिना पहिलो कति विधेयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानून बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ ।’
उनले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए ।
'याे सरकारको पहिलो उद्येश्य भनेको राजनीतिक स्थिरता पनि हो ।’यो गठबन्धन सबै खालका निराशालाई आशामा बदल्न बनेको सरकार हो । त्यसैले आशाले आम मानिसलाई सकारात्मकता तिर डोर्याउँछ', उनले भने ।
गृहमन्त्री लेखकले संविधान र व्यवास्था विरोधी गतिविधि कुनै पनि हिसाबमा स्वीकार्य नहुने बताए । 'जुनै तहमा पनि त्यसलाई स्वीकार गर्न सकिन्न । जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही जान भने त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिन्छ', उनले भने ।
नीतिगत भ्रष्टचार रोक्नका लागि आएको अख्तियार विधेयक मिलेमतोमा अट्किएको छ नि ?भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री रमेश लेखकले भने, ‘त्यसमा छलफल भइरहेको छ । संसदमा भएका सबै विधेयकलाई छलफलबाट टुंगोमा पुर्याउँछौँ । भ्रष्टचारलाई निर्मूल पार्ने विषयमा हामी अघि बढेकाछौं । अवान्छित गैरकानूनी गतिविधिलाई निष्पक्ष स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारबाही गर्ने प्रक्रियामा सरकार अघि बढेको छ ।'
वर्तमान सरकार पूरा अवधि टिक्ने भन्दै उनले भने, 'फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसँग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पूरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन । यो गठनबन्धन कांग्रेस-एमालेको बिचको सहमति अनुसार पुरा अवधि सरकार टिक्छ ।'
टिप्पणीहरू: