शुक्रबार, २९ चैत २०८१

अखिल क्रान्तिकारीकाे कोषाध्यक्ष र महासचिवमा जनार्दन पक्षले मार्‍याे बाजी


नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया रानामगर विजयी भएकी छन्।

विश्वविद्यालय र उपत्यका विशेषको पेरिसडाँडामा बुधबार भएकाे मतगणनामा फुलमायाले ५९६ मत ल्याएर विजयी भएकी हुन्।

यसैगरी अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापा मगर निर्वाचित भएका छन्। उनले ५९८ मत ल्याएर विजयी भएका हुन्।

फुलमाया र रोशन माओवादी उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलका हुन्।

यसैगरी १२ वटा सचिवमध्ये यसअघि शर्मानिकटकै वीरेन्द्र जिसी, समकृति पुन, अमर मण्डल, आस्र्टिक मोक्तान र युन्छोङहाङ मावो विजयी भएका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ