- असार ०६, २०८०
काठमाडौं, २६ कार्तिक। सोमबार नेप्से परिसुचक २२.१४ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो ।
कुल १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ९ को स्थिर रह्यो । यस दिन क्षेत्रगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । माइक्रोफाइनान्स सूचक सबैभन्दा धेरै ३.२ प्रतिशत बढ्यो ।
त्यस्तै बैंकिङ १.०४, लगानी १.२८, जीवन बीमा १.६६, उत्पादन ०.०१, अन्य ०.२१ र व्यापार समूह ०.७३ प्रतिशत बढे । निर्जीवन बीमा ०.२२, विकास बैंक ०.१०, फाइनान्स ०.३०, हाइड्रोपावर ०.०५ प्रतिशत घटे ।
८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्त, माछापुच्छ्रे बैंक, कुथेली बुकरी स्मल हाइड्रोपावर र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । गुडविल फाइनान्सको ९.८ तथा नारायणी विकास बैंकको ९.६ प्रतिशत मूल्य बढ्यो ।
टिप्पणीहरू: