- असार ०६, २०८०
वीरगंज। आम जनता पार्टी (आजपा) मधेस प्रदेश कमिटीले सरकारले शिक्षा, स्वास्थ्य, विद्युत सेवामा लगाएको अनावश्यक कर हटाउन माग गरेको छ । आम जनताले प्राप्त गर्ने आधारभुत सेवाहरुलाई अझ सहज र सुलभ बनाउनुको साटो सरकारले शिक्षा, स्वास्थय तथा विद्युतमा कर लगाउने काम गरेर उल्टो बाटोमा हिडन खोजेको छ ।
आजपा मधेस प्रदेश कमिटीको बसेको बैठकले निर्वाचनको समिक्षा सहित आफ्ना सम्पुर्ण कमिटीहरु पुनर्गठन गर्ने निर्णय गरेको छ । आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाका अनुसार प्रदेश कमिटीमा रहेका सम्पुर्ण पदाधिकारी एवं सदस्यलाई पालिका, वडामा परिचालन गर्दै आजपाको सम्पुर्ण कमिटीहरु पुनर्गठन गर्ने निर्णय भएको छ ।
१० असारदेखी मधेस प्रदेशका सम्पुर्ण वडाहरुमा वडा भेला तथा विस्तारित बैठक गर्ने निर्णय भएको छ । २० असारमा गाउँपालिका भेला तथा विस्तारित बैठक गर्ने, २५ असारमा नगरपालिका भेला तथा विस्तारित बैठक गर्ने, २७ असारमा उपमहानगरपालिका भेला तथा विस्तारित बैठक र ३० असारमा महानगरपालिकाको भेला तथा बिस्तारित बैठक गर्ने निर्णय भएको छ ।
पार्टीको नियमित बैठक, भेलाका साथै जनसंगठनहरुको पनि वैठक र भेला गर्ने निर्णय आजपाले गरेको छ । यसका साथै आजपाले उठाउदै आएको जनपक्षीय मुद्धाहरुलाई सम्बोधन गराउन सरकार समक्ष निरन्तर पहल गर्ने र नयाँ सरकारलाई गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने निर्णय वैठकले गरेको छ ।
आजपाले घोषणा गरेको संघर्ष र आन्दोलनलाई निरन्तरता दिने, राष्ट्रियता जोगाउँन, अर्थतन्त्र बचाउन र लोकतन्त्रलाई सुदृढ गर्दै सामाजिक न्याय स्थापित गर्न पार्टीले उठाएको मुद्धालाई जनताका बीचमा लिएर जाने निर्णय बैठकले गरेको छ ।
यसैगरी बैठकले दिलिपकुमार साह, उपेन्द्र जयसवालको नेतृत्वमा पार्टीको लेबि व्यवस्थापन समिति गठन गर्दै प्रदेश कमिटीका सदस्यबाट मासिक लेबि एक सय उठाउने निर्णय गरेको छ । श्रीभगवान पटेल र राधेश्याम साहको नेतृत्वमा मधेश प्रदेश संगठन विभाग गठन गरिएको छ ।
टिप्पणीहरू: