- असार ०६, २०८०
काठमाडौँ। आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार छनोट गर्न कार्यदल गठन गरेको छ।
आजपा सहअध्यक्ष तिलक थापा मगरको नेतृत्वमा गठन भएको कार्यदलमा उमेश कुशवाहा र रन्जु साह रहेका छन्।
तीन सदस्यीय कार्यदलले आगामी निर्वाचनका लागि समानुपातिकतर्फको नामावली छनोटका लागि कार्य गर्नेछ।
पार्टीको विधान, नीति, विचारलाई पालना गर्दै सक्रिय रहेका, पार्टी निर्माणमा योगदान गरेका, पार्टीद्वारा विगतमा घोषित विभिन्न आन्दोलनमा योगदान गर्नेलगायतका मापदण्डअनुसार समानुपातिकतर्फको उम्मेदवार छनोट गर्ने अधिकार कार्यदललाई दिइएको आजपा कार्यालय सचीव रबिन्द्र सिंहले जनाएका छन्।
यसैगरी आजपाले जिल्ला–जिल्ला, क्षेत्रबाट उम्मेदवारको सिफारिस गर्नसमेत निर्देशन दिएको छ।
२१ फागुनमा हुने निर्वाचन केन्द्रित छलफलमा प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार छनोटबारेमा बैठकले निर्णय गरेको हो।
टिप्पणीहरू: