- असार ०६, २०८०
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियुक्त भएका छन् ।
आइतबार बसेकाे मन्त्रीपरिषद बैठकले मुख्य सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त गरेको हो ।
खनाल सामाजिक नवप्रवर्तन तथा परराष्ट्र नीति केन्द्रका अनुसन्धान सल्लाहकार हुन् । उकालो अभियानका निर्देशकसँगै उकालो अनलाइनका प्रधान सम्पादकसमेत रहेका खनाल पत्रकारितामा लामो समयदेखि सक्रिय छन् ।
जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सेनालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । तिमिल्सेना उज्ज्वल थापा फाउण्डेशनका उपाध्यक्ष हुन् ।
टिप्पणीहरू: