- असार ०६, २०८०
जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलीय गठबन्धनबीच सहमति भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो ।
शुक्रबा। बिहानैदेखि चलेको छलफलमा यादवको नाममा सहमति भएको एक प्रदेश सांसदले जानकारी दिए । अहिले प्रदेश सांसदहरूले हस्ताक्षर गर्ने काम भइरहेको छ।
बिहीबार नै सहमतिकाे प्रयाश भए पनि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी नछाडेपछि सहमति हुन सकेकाे थिएन ।
टिप्पणीहरू: