- भदौ ०५, २०८१
नयाँ दिल्लीमा मेकानिकल इन्जीनियरिङ पढ्दै गरेका एक युवकले एआई प्रयोग गरेर आफ्नै प्रेमिकालाई पोर्नस्टारको सूचीमा राखिदिएका छन् ।
आफ्नो पूर्वप्रेमीसँग बद्ला लिने हिसाबले एआइको सहयोगमा अस्लिल तस्विर एवं भिडियो बनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
उनले युवतीका केही पुराना तस्विर प्रयोग गरेर एआई मार्फत भिडियो बनाएका थिए ।
प्रारम्भमा उनीहरुको व्यक्तिगत कुरा मात्रै थिए । प्रेमीले भिडियो बनाएको बारेमा प्रेमिकालाई जानकारी थिए । जब एक अमेरिकन पोर्न साइटमा आसामकी ‘पोर्न स्टार’ भन्ने चर्चा भयो तब युवतिले जानकारी पाइन् । युवति आसमकै थिइन् । आफ्नो पूर्वप्रेमिले आफ्नो फोटो जोडेर बनाएको भिडियोबाट कमाई समेत गरेको जानकारी पाएपछि अहिले प्रहरीमा उजुरी परेको छ ।
टिप्पणीहरू: