- असार ०६, २०८०
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना भएमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दिने प्रतिवद्धता जनाएपछि पुनस्र्थापनाको माग गर्दै कांग्रेसले सर्वोच्च अदालतमा मुद्दाका लागि पेस गरेकाे छ ।
गत शुक्रबार अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेटन देउवा निवास पुगेका थिए । भेटमा संसद पुनर्स्थापना भएमा देउवालाई प्रधानमन्त्री दिने प्रतिवद्धता ओलीले जनाएका थिए ।
भदाै २३ र २४ मा भएकाे जेनजी आन्दाेलनपछि किनारामा धकेलिएका ओली र देउवाले आन्दाेलनपछि पहिलाे भेट गरेका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले संसद् पुनस्र्थापनाको माग गर्दै कांग्रेसका केही निवर्तमान सांसदहरूका तर्फबाट रिट निवेदन प्राप्त भएको र यस विषयमा सोमबार छलफलपछि प्रक्रिया अगाडि बढ्ने बताए ।
विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुनको वारेस लिएर पूर्वमहान्यायाधिवक्ता खम्म खातीले रिट निवेलन पेस गरेका थिए ।
कांग्रेस नेता घिमिरेले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनस्र्थापनाको माग लिएर सर्वोच्च पठाइएको जानकारी दिए । प्रतिनिधिसभा विघटनसम्बन्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सार्वजनिक सरोकारअन्तर्गत १७ थान रिट दर्ता भएर विचाराधीन रहेका अदालतले जनाएको छ ।
टिप्पणीहरू: