- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि बढाएका छन्। सभापति गगन थापाले कार्वाहीकाे संकेत गरेपछि खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन्।
धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा चैत १९ गते बस्ने गरी जिल्ला सभापतिहरूको भेला बोलाएको खड्का पक्षीय एक नेताले जानकारी दिए। खड्काले चैत १७ र १८ गते १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक पनि राखेका छन्।
कांग्रेस आधिकारिकता विवाद हुँदा हुँदै चुनावमा सहभागी भएकाे थियो। खड्का समुहले समानान्तर गतिविधि बढाएपछि कांग्रेसले अनुशासन समितिको बैठक डाकेको छ।
पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री पक्राउको विरोधमा खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी परेपछि कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ।
टिप्पणीहरू: