- असार ०६, २०८०
काठमाडौं, २९ कार्तिक । नेपाली कांग्रेस डडेल्धुराले परराष्ट्र मन्त्री डा आरजु राणा देउवाको स्वागतमा फूलमाला लिएर आउन नेता कार्यकर्तालाई उदी जारी गरेको छ।
जिल्ला सभापति भीमबहादुर साउँदले सूचना जारी गर्दै ३० कार्तिकमा परराष्ट्रमन्त्री राणा गृहजिल्ला आउन लागेको जानकारी गराएका हुन्।
सूचनामा भनिएको छ, ‘महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा कार्यसमितिहरू, टोल कार्यसमितिहरू, भातृ तथा शुभेच्छुक संघ संस्थाका सम्पूर्ण कार्यसमितिहरू, क्षेत्रीय प्रतिनिधिहरू, क्रियाशील सदस्यहरू, उद्योगी व्यापारीहरू तथा नेपाली काँग्रेसप्रति आस्थावान् सम्पूर्ण महानुभावहरूलाई डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।’
कांग्रेस सभापति शेरबहादुर देउवा पनि अहिले गृह प्रदेश सुदूरपश्चिममै छन्।
टिप्पणीहरू: