शुक्रबार, २९ चैत २०८१

आजको मन्त्रिपरिषद बैठकले कुलमान हटाउने !


काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आजको बैठकले नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङलाई हटाउने सम्भावना रहेको उच्च स्रोतको दाबी छ ।

कुलमानलाई हटाउनको लागि यसअघि नै उर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिसकेका थिए । गृहमन्त्री रमेश लेखकले तत्काल हटाउदै सरकारबिरुद्ध नकारात्मक सन्देश जाने भन्दै असहमति जनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि घिसिङलाई मन पराउदैनन् । घिसिङलाई हटाउनकै लागि प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसको नेतृत्वसँग सहमति लिइसकेको छ ।

डेडिकेटेड र ट्रंकलाईन प्रयोग गरेर बिजुली प्रयोग गरेर पैसा नतिर्ने व्यवसायीको विषयमा प्रधानमन्त्री ओली र घिसिङविच विवाद छ । घिसिङ वक्यौता नतिर्नेहरुको लाइट काट्ने पक्षमा छन् भने प्रधानमन्त्री ओली लाइन काट्न नहुने अडानमा । उर्जामन्त्री खड्का पनि वक्यौता नतिर्ने व्यवसायीकै पक्षमा उभिए पनि कुलमानलाई हटाउने विषयमा उर्जामन्त्री र प्रधानमन्त्रीको मत मिलेको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ