- असार ०६, २०८०
काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि आइतबार संसद बैठक स्थगित गरिएको थियो ।
आजै राति १२ बजेबाट लागू हुनेगरी सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्ने गरी सिफारिस गरेको छ । संसद बैठक चल्न दिन माओवादी सकारात्मक भएपछि प्रधामन्त्रीको सम्बोधनको तयारी गरिएको हो ।
प्रतिनिधीसभा बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी आन्दोलनलाई ‘हिंसा’ भनेपछि एमाले सांसदले विरोध गर्दै आएका छन् ।
टिप्पणीहरू: