सोमबार, १६ चैत २०८२

लेखकलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर


काठमाडौँ। पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ।

गैरकानुनी थुनामा राखिएको भन्दै उनकी पत्नी यशोदा लेखकले आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

लेखककाे रिटकाे सुनुवाइ सोमबारका लागि पेसी तोकिएको छ।

यसअघि आजै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि रिहाइ गर्न माग गर्दै उनकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन्। ओलीकाे रिटको सुनुवाइ पनि सोमबारका लागि पेसी तोकिएको छ।

जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा ओली र लेखकलाई शनिबार पक्राउ गरिएको थियाे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ