मङ्गलबार, २३ मंसिर २०८२

निर्वाचनअघि नै नयाँ समझदारी आवश्यक छ, चुनावमा हतार नगरौँ: राप्रपा


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ।

राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारको ध्यानार्कषण गराएको छ।

मंगलबार राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी आवश्यक रहेको बताए। यी तीन पक्षबीचको सहमतिबाट मात्र अघि बढनुपर्ने उनको माग छ।

उनले विदेशमा रहेका मतदातासहित देशभित्र नै अन्तर जिल्ला मताधिकारको सुनिश्चित गर्न ध्यानार्कषण गराए।

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नयाँ राजनीतिक समझदारी निर्माणमा जोड दिए। उनले भने, ‘नयाँ सम्झौता र नयाँ शक्तिका लागि बाटो खोल्दिनुहोस्। चुनावमा हतार नगरौँ। यो सबै समस्याको निदान पछि निर्वाचनमा जाऔँ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ