- असार ०६, २०८०
काठमाडाैं । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।
जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच सरकार बनाउने सहमति भएको हो ।
याे सहमति अनुसार दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले सत्ताबाहिर हुनेछन्
बुधबार आज बिहान बसेको पाँच दलको बैठकले लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको एक नेताले जानकारी दिए ।
जनमतका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले असोज २९ गते दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन् । सो आह्वान अनुसार पाँच दलका नेताहरु ५६ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गर्न जाँदैछन् ।
१०७ सदस्य प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । यस आधारमा तीन दल मिलाएर ५७ सिट पुग्छ । जसमध्ये लोसपाका एकजना सांसद निलम्वित छन् ।
जेनजी आन्दाेलनमा कांग्रेस एमालेकाे संघ सरकार ढलेपछि प्रदेश सरकार पनि दवावमा परेका छन् । जेनजीले सुसाशनलाई मुख्य एजेण्डा बनाएपछि बागमती प्रदेशले मन्त्रालयकाे संख्या घटाउने भएकाे छ ।
टिप्पणीहरू: