- असार ०६, २०८०
काठमाडाैं । नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोपमा ५०७ जनालाई ७ दिनभित्र स्पष्टीकरण सोधेको छ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन आयोगको बैठकले ७ दिनभित्र स्पष्टीकरण बुझाउने निर्णय गरेको छ। कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवारको विपक्षमा उभिएका पार्टीका ५०७ जनाविरुद्ध उजुरी परेको जानकारी दिए ।
निर्वाचनमा बागी उम्मेदवारी हुने र समर्थक र प्रस्तावक बसेका नाममा कारबाहीका लागि उजुरी परेको उनको भनाइ छ। उनका अनुसार निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचार प्रसारमा लागेका र पार्टीका उम्मेदवारको विरुद्धमा लागेर विपक्षीलाई जिताउन भुमिका निर्वाह गरेकाहरु माथि पनि उजुरी परेकाे छ ।
टिप्पणीहरू: