बुधबार, २८ जेठ २०८२

भारतमा कोरोना संक्रमणबाट ६८ जनाको मृत्यु


नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या दिन दिनै बढिरहेको छ । सक्रिय संक्रमितको संख्या ६८१५ रहेको छ । पछिल्लो २४ घन्टामा ३२४ नयाँ संक्रमित थपिएका छन् । केरलमा सबै भन्दा धेरै २०५३ संक्रमित रहेका छन् ।

स्वास्थ्य विभागका अनुसार कोरोना संक्रमणबाट १२ राज्यमा ६८ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको ग्वालियरमा सोमबार तीज जना डक्टर संक्रमित भएको समाचार सार्वजनिक भएको छ ।

भारतबाट फर्किएका मध्ये ११ जनालाई पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमित अहिले हाेम आइसाेलेसनमा छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ