- असार ०६, २०८०
काठमाडौं । रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा ५ खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा ११.९ प्रतिशतले बढेको थियो । त्यसबेला २ खर्ब १ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
चालू आवको तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।
टिप्पणीहरू: