- भदौ ०१, २०८१
Photo- AP
बैङ्कक। कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाखभन्दा बढी थाई बासिन्दाहरूलाई आफ्नो आश्रय स्थल छोडी अनेत्र जना बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताएका छन्।
थाइल्यान्डको आर्मी एरिया कमान्डले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय समयअनुसार बिहान ५ः०० बजेदेखि सुरु भएको आक्रमण बुरिराम, सुरिन, सिसाकेट र उबोन रत्चथानी प्रान्तको सिमानाका धेरै क्षेत्रहरूमा भएको र अहिलेसम्म कुनै हताहत नभएको जनाएको छ।
विज्ञप्तिमा बिहान ८ः४० मा कम्बोडियन पक्षबाट फायर गरिएको बीएम–२१ रकेट सुरिन प्रान्तको एक अस्पताल नजिकै अवतरण भएपछि बिरामी र कर्मचारीहरूलाई सुरक्षित आश्रयमा सारेको जनाइएको छ।
थाई मिडियाका अनुसार थाइल्यान्ड र कम्बोडियाबिचको सीमा झडपले थाइल्यान्डको सीमावर्ती प्रान्तहरूमा ८०० भन्दा बढी विद्यालय र ठुलो सङ्ख्यामा अस्पतालहरू अस्थायी रूपमा बन्द गर्न बाध्य पारेको छ।
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व आइतबार दिउँसोदेखि पुनः सुरु भएको छ भने दुवै पक्षले एकअर्कालाई आक्रमण सुरु गरेको आरोप लगाउँदै आएका छन्।
टिप्पणीहरू: