शुक्रबार, ०२ साउन २०८२

भारतमा चट्याङका कारण दुई दिनमा ३३ जनाको मृत्यु


पटना ।  पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् ।  
 
बिहारमा बुधवार र बिहीबार आएको भीषण आँधीका क्रममा यस्तो घटना घटेको भारतको विपद् व्यवस्थापन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू चट्याङका कारण प्रभावित भएका छन् ।

पटनाका केही भागहरूमा अझै भारी वर्षा र चट्याङको पूर्वानुमान गरिएको छ ।

बिहार राज्यका विपद् व्यवस्थापन मन्त्री विजय कुमार मण्डललाई उदृत गर्दै एएफपीले  सम्बन्धित जिल्ला अधिकारीलाई चट्याङको चेतावनीपछि सावधानी अपनाउन सुचना जारी गर्न निर्देशन दिइएको जनाएको छ ।  

पटना सरकारले चट्याङ्बाट ज्यान गुमाउनेहरूका परिवारलाई ४० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

पटना सरकारका अनुसार सन् २०२३ मा २७५ र सन् २०२४ मा कम्तिमा २४३  जनाको चट्याङका कारण मृत्यु भएको थियो ।

बिहारसहित भारतको पूर्वी क्षेत्र वार्षिक बाढीको जोखिममा छ जहाँ मनसुनको समयमा कयाँैको ज्यान जानुकासाथै लाखौँ मानिस विस्थापित हुने गरेको जनाइएको छ  । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ