- भदौ ०२, २०८१
पाकिस्तानमा सशस्त्र सशस्त्र लडाकुहरूले मङ्गलबार रेल अपहरण गरेर ३० जना शैनिककाे हत्या गरेका छन् भने २१४ यात्रु अपहरणमा परेका छन् । रेलमा ५०० यात्रु रहेकाे भारतीय मिडिया दैनिक भाष्करले लेखेकाे छ ।
अफगानिस्तान र इरानको सीमामा रहेको बलुचिस्तान प्रान्तको दुर्गम, पहाडी क्षेत्रमा रेल नियन्त्रणमा लिँदा लडाकुहरूले चालकलाई घाइते बनाएका छन् ।
“रेलमा रहेका ४५० भन्दा बढी यात्रुहरूलाई बन्दुकधारीहरूले बन्धक बनाएका छन्,” प्रान्तको राजधानी क्वेटाका एक वरिष्ठ रेलवे सरकारी अधिकारी मुहम्मद काशिफले एएफपीलाई जानकारी दिए ।
“यात्रुमा महिला र बालबालिका पनि छन् ।”
आक्रमणको जिम्मेवारी बलुच लिबरेशन आर्मी (बीएलए) ले लिएको छ, जाे स्वतन्त्रताको लागि लडिरहेको छ । यस क्षेत्रको सम्पत्तिबाट बाहिरीहरूले नाफा गरेको आरोप लगाउदै आएका छन् ।
टिप्पणीहरू: