बिहिबार, ०८ माघ २०८२

प्रतिनिधिसभा चुनाव लड्न राष्ट्रियसभाका ३ सदस्यले दिए राजीनामा


काठमाडौँ। राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेको संसद्का प्रवक्ता एकराम गिरिले बताए।

नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन्। उनहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ