बिहिबार, ०८ माघ २०८२

अस्ट्रेलियामा गोली हानाहान हुँदा ३ जनाको मृत्यु


सिड्नी। अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको पश्चिममा बिहीबार गोली चल्दा तीन जनाको मृत्यु भएको जनाइएको छ।

एनएसडब्ल्यू प्रहरीले विज्ञप्ति जारी गर्दै आपतकालीन सेवाहरूको सहयोगमा सिडनीको ४५० किलोमिटर पश्चिमको सानो शहर कार्गेलिगो तालमा गोली हानाहान भएको घटनास्थलमा सुरइाा तैनाथ गरिएको जनाएको छ।

गोली हानाहानमा दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। एक जना व्यक्तीलाई गम्भिर अवस्थामा अस्पताल लगिएकोसमे प्रहरीले जनाएको छ।

प्रहरीले सर्वसाधारणलाई यस क्षेत्रबाट टाढा रहन र स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ।

बन्दुकधारी 'संदिग्ध घरेलु हिंसा आक्रमण' पछि हतियार लिएर सहरमा छिरेको विश्वास गरिएको सिडनी मर्निङ हेराल्ड अखबारले जनाएको छ।

प्रहरीले बन्दुकधारीलाई पत्ता लगाउन खोजी गरिरहेको अखबारले जनाएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ