- भदौ ०१, २०८१
इजरायलले बुधबार लेबननमा गरेको आक्रमणमा २५४ जनाको मृत्यु भएकाे छ । १ हजार १६५ भन्दा बढी व्यक्ति घाइते भएका छन् । उक्त आक्रमणपछि लेबननमा राष्ट्रिय शोक घोषणा गरिएको छ।
लेबननी प्रधानमन्त्री नवाफ सलामले इजरायलको आक्रमण रोक्न सबै राजनीतिक र कूटनीतिक स्रोत परिचालन गरिरहेको बताएका छन्।
स्वास्थ्यमन्त्री राकान नसरेद्दिनले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेका छन्। ठुलो संख्यामा घाइतेहरूको उपचार भइरहेकाले स्वास्थ्य प्रणालीमै समस्या देखिएको छ।
मंगलबार राति मात्र अमेरिका र इरानबिच दुई हप्ताका लागि युद्धविराम सम्झौता भएको थियो। त्यसको भोलिपल्टै इजरायलले लेबननमा हमला गरेको हो।
यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले युद्धविराम सम्झौतामा लेबनन नपर्ने बताएका छन्।
टिप्पणीहरू: