बिहिबार, १५ माघ २०८२

४२ अंकले घटेकाे शेयर बजारमा १४ अर्ब काराेबार


काठमाडौं। मंगलवार शेयर बजार ४२.५८ अंकले घटेर २७२६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब १६ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.५६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी ओम मेगाश्री फार्मास्यूटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले गुमाएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ