- असार ०६, २०८०
काठमाडौँ। करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको छ।
सोमबार आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार विजेता घोषणा गरिएको हो ।
यस पटक गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले बम्पर उपहारमा १० लाख रुपैयाँ हात पारेका छन्।
विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यिनैमध्येबाट आज १७ जना विजेता छनोट गरिएकाे हाे ।
जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक-एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ जितेका हुन्।
उनीहरूले कर कटाएर खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै यी सबैमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका हुन्।
टिप्पणीहरू: