- असार ०७, २०८०
काठमाडाैं । रामेछापमा कारागार तोडेर कैदी भाग्न खाेजेपछि कैदीलाई रोक्न गोली चलाउदा २ जनाको मृत्यु भएको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बिहीबार बिहान कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउन वाध्य भएकाे जानकारी दिए ।
गोली लागेर २ पुरुष कैदीको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
घाइतेहरुकाे अहिले रामेछाप अस्पतालमा उपचार भइरहेकाे छ ।
टिप्पणीहरू: