- असार ०७, २०८०
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।
यसअघि अनिश्चितकालका लागि बन्द भएको विमानस्थल पुनः खुलेको हो।
‘विषम परिस्थितिका कारण भदौ २४ देखि बन्द हवाइ उडानलाई आज मिति भदौ २५ मा बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः सुचारु गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।’ जारी सूचनामा उल्लेख छ।
हवाइ उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई विमानस्थलमा आउजाउ गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचनामा भनेको छ।
यसरी आवतजावत गर्दा आधिकारिक हवाइ टिकट र परिचय खुल्ने कागजात साथमा बोक्न पनि प्राधिकरणको विमानस्थल कार्यालयले सूचनामा उल्लेख गरेकाे छ।
टिप्पणीहरू: